Sajhamanch Archive

इलामका १६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

इलाम । इलाममा बिहीबार एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना संक्रमण देखिएको हो । साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ जनाको स्वाब सङ्कलन गरेर पठाइएको थियो ।

हालसम्म यस गणमा जम्मा ४६ सशस्त्रमा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *