Sajhamanch Archive

सरकारले पूर्ण लकडाउनबारे सोचेको छैन : सञ्चारमन्त्री खतिवडा

Published: in राष्ट्रिय समाचार, समाज by .

झापा । सरकारले देशव्यापी रुपमा लकडाउन नगर्ने जनाएको छ । सरकारका प्रवक्ता युवराज खतिवडाले आज उक्त जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि सोचेको छैन ।’

के भदौ १ गतेदेखि सरकारले देशभरि लकडाउन गर्दैछ भन्दै एक पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै उनले आवश्यकता हेरेर स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरुले आफ्ना ठाउँमा लकडाउन गर्न सक्ने बताए ।

लकडाउन गर्नका लागि केही विज्ञहरुबाट प्रधानमन्त्रीलाई सुझाव आएको र केही विज्ञहरुले लकडाउन मात्रै उपाय नभएको बताएको उनले बताए ।

अर्को एक प्रश्नको जवाफमा उनले देशभरि कोरोना संक्रमितको संख्या बढिरहेको भए पनि विरामीलाई भेन्टिलेटरमा राख्नै पर्ने अवस्था आउन नदिन सरकारले प्रयास गर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *