Sajhamanch Archive

मन्त्री कार्की होम आइसोलेसनमा

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

झापा । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेसनमा बसेका छन् ।

केही दिन पहिले संघीय राजधानी काठमाडौंमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहेका अवस्थामा प्रदेश नम्बर २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण भएको पुष्टिसँगै उनी होम आइसोलेसनमा बसेको मन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार मन्त्री कार्कीले आफूहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षण गर्न आग्रह गरेका छन् । मन्त्रीको निवासमा कार्यरत सबैको स्वाब लिने तयारी भइरहेको सचिव पौडेलको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *