Sajhamanch Archive

कार्यालयहरुमा गोष्ठी र बैठक नगर्नू : स्वास्थ्य मन्त्रालयले

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । सरकारले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक नगर्न अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै कार्यालयमा बैठक, सेमिनार र अन्य जमघट नगर्न आग्रह गरेको हो । यदि यस्ता बैठक बन्द गर्न नमिल्ने भए भर्चुअल माध्यमबाट गर्न प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरेका छन् ।

त्यस्तै, भारतीय सीमा क्षेत्रका जिल्लामा सावधानी अपनाउन प्रदेश सरकार, स्थानीय तह, गैरसरकारी संस्था, शिक्षक, विद्यार्थी, अन्य पेशा व्यवसायका मानिसहरुलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले स्वाब परीक्षणका लागि दिएकाहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्न पनि आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *