Sajhamanch Archive

प्रदेश १ सहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in प्रदेश तह, समाज by .

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशका अन्य स्थानमा सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध विभागले गरेको छ ।

विभागले नेपालमा अझै पनि मनसुनपूर्वको स्थानीय मौसमी गतिविधि सक्रिय रहेको जनाएको छ । भारतीय क्षेत्रबाट आएको मौसमी प्रणाली पश्चिमबाट मध्य क्षेत्र सर्ने क्रम रहेको विभागले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *