Sajhamanch Archive

टिकटकमा प्रतिबन्ध लगाउँदै अमेरिका

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै विश्वभर यसको चर्चा सुरु भएको छ । ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका हुन्।

राष्ट्रिय सुरक्षाको रक्षा गर्न टिकटकका मालिकहरू विरूद्ध अमेरिकाले आक्रामक कारबाही गर्नुपर्नेछ उक्त आदेशमा भनिएको छ । विदेशीको स्वामित्वमा रहेको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने आंकलन गर्दै ट्रम्पले यस्तो निर्णय लिएको बाताइएको छ ।

नीति निर्माताले सुरक्षाका विषयलाई लिएर टिकटकका सवालमा चासो व्यक्त गरेपछि ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *