Sajhamanch Archive

कोरोना खतरनाक ! चीनमा निको भएका ९० प्रतिशतको अझै फोक्सोको प्वाल टालिएको छैन

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । कोरोना भाइरसको माहामारी एवं संक्रमण विश्वभर भयावह रुपमा फैलिइ रहेको छ । सबैभन्दा पहिले चीनमा सुरु भएको भाइरसको त्यहाँ नियन्त्रणमा समेत आइसकेको छ ।

यद्यपी चीनको वुहानमा कोरोना संक्रमण भएर निको भएका ९० प्रतिशत मानिसको फोक्सो ड्यामेज भएको अध्ययन सार्वजनिक भएको छ।

संक्रमण भएर निको भएकाहरुको स्वास्थ्य अवस्थामाथि अनुसन्धान गरिरहेको वुहान विश्वविद्यालय अन्र्तगतको झोंगनान अस्पतालका निर्देशक पेंग जियोंगको टोलीले गरेको नमुना अनुसन्धानमा यस्तो देखिएको हो।

त्यस्तै निको भएका ५ प्रतिशत संक्रमितमा फेरि कोरोना संक्रमण देखिएपछि उनीहरुलाई क्वारेन्टिनमा राखिएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

बुधबार सार्वजनिक भएको अनुसन्धान अध्ययनले औसत उमेर ५९ वर्ष रहेका ९० प्रतिशतको फोक्सोमा रहेका प्वालहरुले श्वासप्रश्वासका क्रममा अझैं पनि सामान्य मानिसको जसरी काम गर्न असम्भव पाइएको हो।

५ प्रतिशत मानिसको परीक्षण फेरि पोजेटिभ पाइएपछि उनीहरुलाई क्वारेन्टिमा राखिएको छ। यद्यपि उनीहरुमा फेरि संक्रमण भएको हो या हैन् भन्ने कुरा भने स्पष्ट छैन्।

उनीहरुले गत अप्रिलबाट संक्रमण निको भएका केही मानिसहरुमाथि अनुसन्धान थालेका थिए। त्यसअनुसार तीमध्ये ९० प्रतिशत मानिसको फोक्सो अझैं पनि निको नभइसकेको देखिएको हो, भने ५ प्रतिशत मानिसमा फेरि संक्रमण देखिएको छ।

नमुना अध्ययनका लागि संक्रमित भएका एक सय जनाछनोट गरेका थिए, ती एकसय जनाहरूमाथिको अध्ययनले यस्तो नतिजा सार्वजनिक भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *