Sajhamanch Archive

हृदयको यात्रा

Published: in विविधा, साहित्य by .

पलैटी कसेर
आँखा बन्द गरेर
भित्रभित्र
श्वास आइरहेको गइरहेको
अनुभव गरिरहेको छु ।

म यतिखेर शरीर भित्रको
मन देखि हृदय सम्मको
यात्रामा निस्केको छु ।

म हुँ ध्यानी योगी
म एक परमात्माको भक्त
गहिरो गहिरो श्वास फेर्दै
एक एक श्वासलाई हेरिरहेको छु ।

मलाई थाहा छ ,
भित्र आउने श्वासले उर्जा दिन्छ
बाहिर जाने श्वासले विश्राम दिन्छ
प्रत्येक श्वासलाई हेर्न सक्छु
अनुभव गर्न सक्छु।

मेरो मन बिस्तारै बिस्तारै
ध्यानस्थ हुँदै छ
शरीर प्रसन्न मन शान्त भएको छ
विचारहरु पनि शुन्य छ
खाली भएको छ ।

वषौ देखि दुषित भएको छ
मानिसको हृदय
मनमा विकारहरु जमेका छन्
त्यसैले ,
हृदयलाई धुनु छ
ताजा बनाउनु छ
यो मेरो हृदय
मनको बाटो हुँदै
हृदयको यात्रामा निस्केको
सूक्ष्म जीव हो ।

म एक आत्मा हो
मलाई यस्तो लागिरहेको छ
न शरीर छ
न म को नै हुँ
एकातिर पन्छाएर
म यतिखेर
मलाई महसुस भइरहेको छ ।

चेतना नै जीवन हो
चेतना नै शिव
चेतना नै आत्मा
ध्यानले जगाऊ
ध्यानले ल्याउँछ जीवनमा पूर्णता
ध्यान नै जीवनको आधारशिला
हृदयको यात्रामा पुगेर
समाधिस्थ हुनु छ
र जीवनमा गहिरो विश्राम
गर्नु छ ।

अमित संग्रौला बिर्तामोड झापा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *