Sajhamanch Archive

बाह्रदशीबाट लागुऔषधसहित एक जना पक्राउ

Published: in विविधा by .

झापा । झापाको बाह्रदशी गाउँपालिकाबाट एक जना लागुऔषध सहित पक्राउ परेका छन् ।

गाउँपालिका –३ बस स्टेण्डबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले स्थानीय २७ बर्षीय मिलन भुजेललाई १ ग्राम नियन्त्रीत ब्राउन सुगर सहित बिहीबार बिहान १० बजे पक्राउ जनाएको छ । ।

पक्राउ परेका भुजेलको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *