चार वर्षदेखि हराएका गंगामायाको छोरा नुरप्रसाद भेटिए
Published: (Updated: )
by .काठमाडौं। गोरखाको फुजेलस्थित आफ्ना बाबु–आमालाई नन्दप्रसाद अधिकारी र गंगामायालाई अनसनमा राखेर गायव भएका नुरप्रसाद अधिकारी प्रहरी नियन्त्रणमा परेका छन् । लामो समयदेखि सम्पर्कविहीन अधिकारी आफैंले ललितपुरको हरिहरभवनबाट फोन गरेरपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले कृष्णप्रसाद अधिरकारी हत्याका उजुरीकर्ता मध्येका एक नुरप्रसाद अधिकारीलाई आइतवार नियन्त्रणमा लिएको हो । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस शनिबारबाट शुरु भएको छ । चितवन जिल्ला अदालतमा आइतबार मुद्दाको पेसी भइरहँदा गंगामाया अधिकारीको सम्पर्क विहिन छोरा नुरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरज प्रताप सिंहले प्रहरीले कुनै मुद्दामा समातेको नभई आमा गंगामाया अधिकारीले खोजि गरिदिन गरेको आग्रहका आधारमा नियन्त्रणमा लिएको जानकारी दिए । हामी उनलाई वीर आस्पतालमा रहेको आमा गंगामायालाई जिम्मा लगाउछौं उनले भने ।
सशस्त्र द्वन्द्वका बेला हत्या भएका गोरखाका कृष्ण अधिकारीका विषयमा चितवन जिल्ला न्यायाधीस कुलप्रसाद शर्माको इजलासमा आज सुनुवाइ सुरू भएको छ । गोरखा फुजेलबाट चितवन रत्ननगरमा हजुरबुबा हजुरआमा भेट्न आएका कृष्ण अधिकारीको ६१ साल जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । जसको तत्कालीन विद्रोही माओवादीले जिम्मा लिएको थियो ।
यो घटनाविरूद्ध चितवन ल्लिा अदालतमा २०७० सालको चैत्रमा १३ जनाविरूद्ध मुद्दा दायर भएको थियो। मुद्दामा माओवादीका नेताहरूलाई नभएर अधिकांश छिमेकी र आफन्तलाई अभियोग लगाइएको छ । जनयुद्धु को घटनाका विषयमा मुद्दा चलाएको भनेर माओवादी पक्षले आन्दोलनसमेत गरेको थियो।
यो घटनाका विषयमा मृतक कृष्णका बुबा नन्दप्रसाद र दाजु नुरप्रसादले घटना पछि चितवन प्रहरीमा उजुरी दिएका थिए। तर लामो समय छानबिन भएन। बाबु नन्दप्रसाद र आमा गंगामायाले अनसन सुरू गरेपछि ७० सालको साउन अन्तिमबाट अनुसन्धान सुरू भएर चैत्र अन्तिममा मुद्दा दायर भएको थियो। अनसनका क्रममा नै बाबु नन्दप्रसादको निधन भएको छ। उनको दाह संस्कार पनि भएको छैन। नुरप्रसाद भने बाबुको निधनलगतैदेखि सम्पर्कविहिन थिए। अनसनमै निधन भएका नन्दप्रसादको शव चार वर्षदेखि महाराजगञ्जस्थित शिक्षण अस्पतालको पोष्टमार्टम कक्षमा रहेको छ । जेठा छोरा नुरप्रसाद बाबुको शव बुझ्न पनि आएका थिएनन् ।
नुरुप्रसादमाथि पिताको शवलाई लिएर राज्यसँग पैसाको बार्गेनिङ गरेको समेत आरोप लागेको थियो । उनी काठमाडौँमै रहेर पनि अनसनमा रहेकी आमाको सम्पर्कमा पनि आएका थिएनन् । कान्छो छोरो कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न माओवादी कार्यकर्ताहरुमाथि कार्वाहीको माग राख्दै ३३२ दिनदेखि आमरण अनसन बसेका नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भयो । पतिको निधनपछि पनि कान्छो छोराका दोषीलाई कार्बाही माग गर्दै आमा गंगा माया अनसन बसेकी थिइन् । उनको अनसन पनि यही असार ३० गते तोडिएको थियो ।
सरकारले दुई बुँदे सहमति गरेपछि गत जेठ १५ गतेदेखिको आमरण अनसन उनले तोडेकी हुन् । सम्झौतापत्रमा गंगामायाले आफ्नो छोरालाई खोजिदिनु पर्ने पनि माग थियो । त्यही अनुसार सरकारले नुरप्रसादको खोजी थालेको थियो । कृष्णप्रसाद हत्याको अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि उनलाई डिल्लीबजारस्थित कारागारमा लगिएको थियो । २०७२ सालमा भएको पाँच बुँदे सहमतिमा कृष्णप्रसादको हत्यामा संलग्न रुद्र आचार्यलाई पनि कार्वाहीको दायरामा ल्याउने भनिएको थियो । रुद्र त्यही समयदेखि बेलायतमा रहेको बताइन्छ । प्रहरीले त्यो बेला बेलायतसँग सुपुर्दगी सन्धि नभएको जनाउँदै इन्टरपोलमा खबर गरे पनि पक्राउ पर्न नसकेको उल्लेख गरेको थियो ।
फुजेल घटनाको बहस शुरु
यसैबीच, गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस शनिबारबाट शुरु भएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीबाट बहस शुरु भएको हो ।
नन्दप्रसाद र गंगामायाले अनशन जारी नै राखेपछि अनुसन्धान पूरा भई २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो घटनामा १३ प्रतिवादी छन् । सबैलाई जन्मकैद सजाय माग गरिए पनि प्रमाण नपुग्ने भन्दै अदालतले दुई जनालाई धरौटीमा छाडेको थियो ।
सो प्रारम्भिक आदेशपछि अन्य अभियुक्तले पनि फरक फरक समयमा उपस्थित भएर अदालतमा बयान दिएका थिए । बयान दिन आएकामध्ये केही साधरण तारेख र केही सामान्य धरौटीमा छुटेका थिए ।
सो मुद्दाका एक अभियुक्त रुद्र आचार्य विदेशमा छन् । उनी अदालतमा अझसम्म उपस्थित भएका छैनन्। चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा समेत निवेदन पुगेपछि एक अभियुक्त छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो ।
सोही आदेशानुसार गत असार २४ गते उनी सर्वोच्च अदालतसमक्ष हाजिर भएका थिए । अदालतले सोही दिन उनलाई डिल्लीबजार कारागार चलान गरेको थियो । सो मुद्दा हालसम्म पाँच न्यायाधीशले हेरिसक्नु भएको छ । गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रुद्र आचार्य, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, जानुका पौडेल र सुभद्रा तिवारीलाई विपक्षी बनाई चितवन अदालतमा मुद्दा दायर भएको हो।
Comments