शिवसताक्षी वडा नं. ५ को कार्यालय भवन निर्माणको चरणमा
Published:
by .शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको भवन निर्माण तिब्र गतिमा भइरहेको छ ।
भवनको पहिलो चरणमा समन्वय समिती झापाबाट ४० लाख र प्रदेश नम्बर १ सरकारको सांसद झलक सिंह दर्लामीबाट १५ लाख गरी ५५ लाखको लागतमा फण्डीसन र छत निर्माण गरिएको थियो ।
दोस्रो चरणको निर्माण कार्यमा संघिय सरकारबाट १० लाख र पुनः प्रदेश सरकार बाट १५लाख गरी २५ लाखको लागतमा आगामी मंसिर अगावै भवनको सम्पूर्ण काम सम्पन्न गरी सेवाग्राहीहरुलाई सेवा प्रवाह गरीने वडा अध्यक्ष सत्यनारायण राजवंशी जानकारी दिए ।
भवन अभावको कारण भाडाको घरमा वडा कार्यालय सँचालन गरिदै आएकोमा नगरको वडा नम्बर ५ ले आफ्नै भवन निर्माण गर्ने भएको हो । नगरको दक्षिणी भेगमा पर्ने वडा नम्बर ५ को वडा कार्यालय भवन निर्माणका लागी स्थानीय दाताहरुबाट १ बिघा जमिन उपलब्ध गराए सँगै वडा कार्यालयको भवन निर्माण कार्य सुरु भएको हो ।
दुई तले वडाको भवनमा एउटा तालिम हल सहित ७ कोठाको रहने छ । भवन निर्माणले वडाका विभिन्न शाखाहरुको व्यवस्थापन सँगै विभिन्न कार्यक्रमको आयोजना र वडाबासीहरुलाई सहज हुने छ ।
Comments