Sajhamanch Archive

नारायणी अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

पर्सा । वीरगञ्जको नारायणी अस्थायी कोभिड विशेष गण्डक अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.३ छपकैयाका ६५ वर्षीय वृद्धको गण्डकमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएका ६५ वर्षीय पुरुषको शुक्रबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए । शुक्रबार बिहान मृत्यु भएपछि ती पुरुषको स्वाब सङ्कलन गरेर पीसीआर जाँचका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।

केही दिनदेखि सामान्य ज्वरो र रुघाखोकी देखिएको उनमा बिहीबार श्वासप्रश्वासको पनि समस्या देखिएको थियो । बिहीबार दिउसो उनलाई वीरगञ्जको एडभान्स मेडिकेयर हस्पिटलमा भर्ना गरिएको थियो । एडभान्सबाट नेशनल मेडिकल कलेजमा लगिएकोमा अस्पतालले भर्ना गर्न नमानेपछि उनललाई गण्डक अस्पताल पुर्‍याइएको मृतकका आफन्तले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *