उर्लाबारी नगरपालिका एक साता लकडाउन
Published:
by .उर्लाबारी । समुदायमा कोरोना संक्रमण बढ्न थालेपछि मोरङको उर्लाबारी नगरपालिकाले पनि लकडाउन गर्ने भएको छ ।
नगर कार्यपालिका र विपद व्यवस्थापन समितिको बैठकले आइतबार राति १२ बजेदेखि साउन ३२ गते राती १२ बजेसम्म एक सातासम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
मोरङ जिल्लामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि सो निर्णयमा पुगेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिए । लकडाउन अवधिभर नगरभित्र अत्यावश्यक सेवाबाहेकका सबै कुरा बन्द रहने उनको भनाई छ ।
Comments