Sajhamanch Archive

दैनिक २२ हजारको परीक्षण गर्न सक्छौं  : स्वास्थ्य मन्त्रालय

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक २२ हजार जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्नसक्ने जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारी प्रयोगशालामा १८ हजार ५ सय र बाँकी निजी प्रयोगशालामा गरी दैनिक २२ हजारको परीक्षण गर्न सकिने बताए ।उनले देशभर अहिले ३२ वटा सरकारी र ६ वटा निजी गरी जम्मा ३८ वटा प्रयोगशाला सञ्चालनमा रहेको जनाए।

साथै, परीक्षणको दायरा पनि फराकिलो बनाइएको मन्त्रालयले जनाएको छ। पछिल्लो समय संक्रमणको जोखिम बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *