Sajhamanch Archive

कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, एकजना घाइते

Published: in समाज by .

बुटवल । रुपन्देहीमा कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको हो।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार लु २ च ६७५६ नं.को कार रुपन्देही रोहिणी गाउँपालिका वडा नं.४ छिपागडस्थित हुलाकी सडकखण्डमा अनियन्त्रित भई सडकबाट १० मिटर तल पल्टिँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका चार जनालाई भिम अस्पताल भैरहवा लगिएको र उपचारको क्रममा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुने तीन जनामध्ये एक जनाको मात्र पहिचान खुलेको छ।

दुर्घटनामा परेर रुपन्देही ओमसतिया गाउँपालिका वडा नं. ४ बालापुरका २६ को देवेन्द्र चौधरी रहेका छन। अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको छ। घाइते रुपन्देही सिद्धार्थ नगरपालिका वडा नं. ४ का ३० वर्षीय अनिल यादव रहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *