Sajhamanch Archive

४५ हजारभन्दा बढी नागरिक स्वदेश फर्किए

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कोरोना (कोभिड-१९) महामारी सुरू भएयता शुक्रबारसम्म सरकारले विदेशमा अलपत्र परेका ४५ हजार ६ सय ४३ नेपाली कामदारलाई उद्धार गरेको छ।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार ३० मुलुकबाट नेपाली नागरिकको उद्धार गरिएको हो। पहिलो प्राथमिकतामा रोजगारी गुमाएका, प्रवेशाज्ञा अवधि सकिएका, गर्भवती महिला र वृद्धवृद्धालाई सरकारले उद्धार गरेको हो। विदेशबाट फर्काएकामध्ये बागमती र कर्णाली प्रदेशका धेरै छन्‌।

प्रदेश १ का ९ हजार ५९६ जना कामदार स्वदेश फर्किएका छन्। यीमध्ये युएईबाट सबैभन्दा बढी २ हजार ८८४ कामदार नेपाल फर्किएका हुन्‌। ​प्रदेश २ का ७ हजार ५ सय १४ कामदार फर्किएका छन्। युएईमा रहेमा प्रदेशका २ हजार १२३ जना कामदार नेपाल आएका छन्।

त्यस्तै, बागमती प्रदेशका १२ हजार ९ सय २३ जना फर्किएका छन्। यी मध्ये युएईबाट सबैभन्दा बढी ३ हजार ६४१ कामदार आएका छन्। गण्डकी प्रदेशका ५ हजार ८ सय ९७ स्वदेश फर्केका छन्। यी मध्ये युएईबाट १ हजार ८०० कामदार स्वदेश फिर्ता भएका छन्। प्रदेश ५ का ७ हजार ४७९ जना कामदार स्वदेश फर्केका छन्।

 त्यसैगरी,कर्णाली प्रदेशका १ हजार ४३ जना नेपाल आएका छन्‌।मलेसियाबाट प्रदेशका सबैभन्दा २७० जना आएका छन्। अमेरिका,बेलायत र टर्कीबाट १-१ जना स्वदेश फर्केका छन् । सुदूरपश्चिमका १ हजार १९१ फर्केका छन्। युएईबाट सबैभन्दा बढी ३६६ जना तथा टर्की,बेलायत, इजरायल, म्यानमार र हङकङबाट १-१ जना मानिस प्रदेशमा फर्केका हुन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *