Sajhamanch Archive

ताप्लेजुङमा हत्या आरोपमा भाइ र भतिजी पक्राउ

Published: in मिडियाबाट साभार, समाज by .

ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै दाजुको हत्या गरेको अभियोगमा भाइ र भतिजीलाई प्रहरीले पक्राउ गरेको छ।

मेरिङ्देन गाउँपालिका वडा नं.५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याबे शेर्पाको हत्या अभियोगमा उनका कान्छा भाइ पेम्बा शेर्पा र भतिजी पासाङ ल्हामु शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवैजनालाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ। आफ्नै गोठमा मृत अवस्थामा भेटिएका फुर्वाको हत्या शंकामा साउन १९ मा उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा आफूहरुले नै हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।

शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान थालिएको श्रेष्ठले बताए। फुर्वासँग पेम्बाको वादविवाद हुँदा पासाङसँगको सहयोगमा दाउराको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको र अगेनामाथि राखी ओछ्याउन प्रयोग हुने म्याट्रिस, राडी, कम्बल साथै दाउराले समेत छोपेर आगो लगाई दिएको आरोपितहरुले बताएका छन्।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *