Sajhamanch Archive

शिवसताक्षीमा योग शिविरले पायो निरन्तरता

Published: in विविधा, समाज by .

कमल । झापाको शिवसताक्षी नगरपालिका गएको १५ दिन अघिबाट सुरु भएको योग शिविर पतन्जली योग शिवसताक्षी नगरसमितिले सञ्चालन गर्न सुरु गरेको छ ।

योग शिविरलाई निरन्तरता दिन पतन्जली योग शिविर बाबुराम भट्टराईको अध्यक्षता समिति गठन गरेपछि शिवसताक्षीमा शिविरले निन्तरता पाउने भएको हो ।

यस अघि सामुदायिक सिकाई केन्द्रले शिवसताक्षीको दूधेमा रहेको आफ्नै भवनमा योग शिविर सञ्चालन गरेको थियो ।
“शान्ति र समृद्धिको लागी योग, राष्ट्रिय एकता योगको सान्दर्भिकता” भन्ने नाराका साथ योग शिविर सुरु भएको हो ।
योगले कुनै पनि रोगलाई शरिवाट जरैबाट उखेलेर फाल्ने गर्छ । यसलाई नगरका सबै वडामा पुर्याउन आवश्यक भएको पतन्जली योग समिति प्रदेश नम्वर १ महामन्त्री लक्ष्मी काफ्ले जानकारी दिए ।

पतन्जली योग समितीमा लागेर हामी अगाडी बढी रहेका छौ । यो कार्यमा तपाईहरले साथ दिनुहुन्छ भन्ने मैले विश्वस लिएको छु । योगमा जातजाती भाषाभाषी केही हुँदैन यो शुद्ध पेशा भएको पतन्जली योग समिती झापाका अध्यक्ष देबीप्रसाद घिमिरेले बताए ।

कार्यक्रम प्रमुख अतिथी युवा नेपाल प्रदेश नम्वर १ का संयोजक बाबुराम बस्नेत, पतन्जली योग महिला समिति झापा महामन्त्री निर्मला गजुरेल पतन्जली योग कमल गाउँसमिति कृष्णप्रसाद ओझा समाजसेवी अशोक बस्नेत सहितले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *