Sajhamanch Archive

प्रदेश १ मा थपिए ६१ जना कारोना संक्रमित

Published: in प्रदेश तह, सहकारी, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा शनिबार ६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा १० र तीनजना प्रदेश बाहिर जिल्लाका छन् ।

विराटनगरका २६ पुरुष र ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका एक- एक जना महिला, सुनसरीको धरानका दुई महिला र दुई पुरुष, दुहबीका तीन पुरुष र एक महिला, इनरुवाका दुई पुरुष, महोत्तरीकी एक महिला र एक पुरुष तथा सप्तरीका एकजना पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३८३ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *