Sajhamanch Archive

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी तीन जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका नंं. ६ बस्ने ४१ वर्षिय महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो। उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं.३ छपकैयाका ७४ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो। मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका वडा नं.९ का ५८ वर्षका पुरुषको पनि साउन २३ गते उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो। उनी उच्च रक्तचाप र निमोनियाका बिरामी थिए। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *