कनकाईमा साप्ताहिक हाट पूर्ण रुपमा बन्द, अन्य व्यवसाय ९ देखि २ सम्ममा मात्र खोल्न पाइने
Published:
by .कनकाई । कनकाई नगरपालिकाले नगर भित्र लाग्ने साप्ताहिक हाट पूर्ण रुपमा बन्द गराएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि नगरले भदौ ५ गतेसम्म हाट पूर्ण रुपमा बन्द गराएको छ ।
त्यस्तै अन्य बजार भने विहान ९ बजेबाट दिउँसो २ बजेसम्ममा सञ्चालन गर्न पाइने भएको नगरपालिकाले जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणबाट सतर्कता अपनाउन सो निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।
बढ्दो संक्रमणबाट नगरवासीलाई सुरक्षित राख्न अर्को सूचना नहुञ्जेलका लागि भोली आइतवारबाट हाटबजार बन्द गर्ने निर्णय भएको हो । अन्य पसल, बैंक तथा वित्तिय संस्थाहरु बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मका लागि मात्र खुल्ला गर्न पाइने नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।
नगरबासीलाई कोरोना भाइरसबाट सुरक्षित राख्न नगर सदैव लागि परेको प्रमुख पोखरेलले बताएका छन् । नगरले गरेको निर्णयप्रति नगरबासीले सहयोग गर्न आग्रह समेत गरेका छन् । यदी निर्णय विपरित कसैले तोकिएको समय भन्दा बाहिर गएर व्यापार व्यवसाय गरेमा संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही गरिने बताइएको छ । कनकाईमा समुदाय स्तरमा कोरोना देखिएसगै नगरपालिकाले नगरमा आशिंक लकडाउनको निर्णय गरेको हो ।
Comments