Sajhamanch Archive

चार जिल्लामा ५ सय बढी कोरोना  संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । शनिबारसम्म सात जिल्ला कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। खोटाङ ,धनकुटा, डोल्पा, हुम्ला, संखुवासभा, मुस्ताङ र मनाङ कोरोनमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार चार जिल्लामा भने कोरोनाका ५ सय बढी बिरामी रहेका छन्। काठमाडौ, महोत्वरी,पर्सा र रौतहट चार जिल्लामा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् ।

शनिबारसम्म कोरोनाका सक्रिय बिरामीको संख्या ६ हजार २०६ पुगेको छ। जसमध्ये प्रदेश १ मा ४७८, प्रदेश २ मा २ हजार ९ सय २९ जना, बागमती प्रदेशमा १ हजार २९ जना, गण्डकी प्रदेशमा २ सय ४२ जना, प्रदेश ५ मा ३९० जना, कर्णाली प्रदेशमा १६३ जना र सुदूरपश्चिम प्रदेशमा ९७५ जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *