Sajhamanch Archive

भक्त चेपाङको घर जलाउने अनि भगवान् रामको मन्दिर बनाउने : प्रवक्ता शर्मा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चितवनको माडीमा पर्ने अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनप्रति आपत्ति जनाएका छन् ।

उनले आइतबार बिहान ट्‍विट गरेर चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री ओलीले माडी नगरपालिकाका जनप्रतिनिधिलाई दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन् ।

“भक्त चेपाङको घर जलाउने अनि भगवान् रामको मन्दिर बनाउने ! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ? यस्तो कर्मले प्रसन्‍न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि ‘मिसन लिम्पियाधुरा’ लाई बल पुग्ला @PM_Nepal ?,” प्रवक्ता शर्माले लेखेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार माडीका जनप्रतिनिधिसँग बालुवाटारमा भएको छलफलमा अयोध्यापुरीमा राम मन्दिर बनाउन निर्देशन दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *