बीपीका दुईजना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि
Published: (Updated: )
by .सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत दुईजना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
दुई जना पुरुष डाक्टरहरू ईएनटीका एडिसनल प्रोफेसर र बायोक्यामेस्ट्रि विभागका एसोसिएट प्रोफेसरमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
इएनटीका डाक्टर केही दिन अघि जनकपुर गएर आएको पाइएको छ । उनी जनकपुरबाट आएपछि प्रतिष्ठानका विभिन्न डिपार्टमेन्ट पुगेको र अरू डाक्टरहरूसँग भेटघाट समेत गरेको बताइएको छ । पछिल्लो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र बस्ने आवसिय चिकित्सकहरूमा लापर्बही बढेको बताइएको छ ।
स्रोत : पूर्वेली न्यूज
Comments