Sajhamanch Archive

अस्पताल चहार्दाचहार्दै ज्यान गुमाएकी युवतीमा कोरोना संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

वीरगञ्ज । वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृतक वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

स्वास्थ्यमा समस्या भएपछि २० वर्षीया ती महिलालाई उपचारका लागि आफन्तजनले अस्पतालमा शुक्रबार रातभर वीरगञ्जका विभिन्न अस्पताल डुलाएका थिए । आधा दर्जन अस्पतालको ढोका ढकढकाउँदा समेत कुनै पनि अस्पतालले विरामी भर्ना गर्न नमानेपछि अन्त्यमा शनिबार बिहान २ बजेतिर नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार शुरु गरिएको केहीबेरमै मृत घोषणा गरिएको थियो ।

नारायणीसहित वीरगञ्जका अधिकांश निजी अस्पतालले भर्ना नलिएकै कारण उनको मृत्यु भएको आरोप आफन्तजनले लगाएका छन् । कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंह अस्पतालमा आइपुग्दा नै उनी अन्तिम अवस्थामा पुगेकाले बचाउन नसकिएको बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *