Sajhamanch Archive

लिखित सम्झौतासँगै अभियन्ता ई:ले २३औं दिनमा तोडे अनशन

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं‌ । कोरोना नियन्त्रणमा प्रभावकरी कार्य गर्न भन्दै अनशनमा बसेका ‘इनफ इज इनफ’ का अभियन्ता ईः ले २३ दिनका दिन अनशन तोडेका छन्।

आज स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएपछि उनले अनशन तोडेका हुन्। ​ कोरोनाको प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः दोस्रो पटक सत्याग्रहमा बसेका थिए।

यस अघि उनी र पुकार बम अनशन बसेका थिए। सत्याग्रहको १२ औं दिन असार २२ गते सरकारसँग १२ बुँदे सम्झौता भएपछि उनीहरुले अनशन तोडेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *