Sajhamanch Archive

कमल गाउँपालिकामा वार्षिक प्रगति समिक्षा गोष्ठी

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by .

कमल । कमल गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समिक्षा गरेको छ ।

गाउँपालिकाका वडाहरुबाट आएको प्रतिवेदनको आधारमा अघिल्लो वर्ष गरिएका कामहरुको समिक्षा गरिएको हो । त्यसैगरी विषयगत शाखा प्रमुखले आफ्नो शाखाकोतर्फबाट प्रस्तुत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कृषि शाखाको तर्फबाट गत आर्थिक वर्षमा सम्पन्न भएका कृषि उपकारण वितरण, अध्यक्ष पकेट कार्यक्रम, खाद्य बालीको विजवृद्धि, बेमौसमी तरकारी बालीका लागी टनेल वितरण र आग्र्यानिक मल उत्पादन र वितरणका बारेमा शाखा प्रमुख महेन्द्र वोहोराले शाखाकोतर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आ.व. २०७६ ÷७७ मा गाई, भैसी र बाख्रामा कृतिम गर्भाधान ४ हजार ८ सय ६४, प्राथमिक उपचार, ५ हजार १ सय ५२, माईनर सर्जिकल र १ हजार ७ सय ६ गाईनो क्लोजिकलको उपचार गरिएको पशुसेवा शाखाले जनाएको छ । त्यसैगरी १ हजार ८१ रेविज भ्याक्सिन, १ हजार २ सय ७० व्यवसायिक कुखुरा पालक कृषकलाई ५१ थान ग्यास ब्रुडर तथा पशुपालक कृषकलाई घाँस बीउ वितरण र च्यापकटर वितरण गरिएको शाखा प्रमुख बद्री भट्टराईले प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गाउँपालिकाको समग्र शिक्षाको गतिविधी र शिक्षामा विनियोजित बजेट पूर्ण रुपमा खर्च हुन नसकेको बारेमा शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेल जानकारी गराएका थिए ।

आर्थिक वर्षमा गरिएका काम अन्तरगत लैगिंक हिंसा, ४ सय ४६ जनालाई अपाङ्गता परिचय पत्र वितरण र ३३ जनालाई सहायक सामग्री वितरण तथा ९१ वर्ष माथिका ११० जना ज्येष्ठ नागरिकलाई गाउँपालिकाले सम्मान गरेको शिक्षा शाखा प्रमुख रेनुका गौतमले जानकारी दिइन् ।

अघिल्लो आ.व.मा विपन्न परिवारलाई मुटु, क्यान्सर मृगौला लगायतका ७७ जनालाई सिफारिस गरिएको थियो भने ३ सय ८ जनाको पिसिआर परिक्षण गरिएको लगायतका विषयमा काम गरिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *