Sajhamanch Archive

मोरङका १० स्थानीय तहमा लकडाउन

Published: in समाज, स्थानीय तह by .

विराटनगर । संक्रमणको स्रोत नखुलेका कोरोना संक्रमित भेटिन थालेपछि मोरङका १० वटा स्थानीय तहले लकडाउन घोषणा गरेका छन् ।

मोरङको विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी र उर्लाबारी नगरपालिकाले लकडाउन घोषणा गरेका छन् । त्यस्तै धनपालथान र कानेपोखरी गाउँपालिकाले पनि लकडाउन गरेका छन् ।

मोरङमा १७ वटा स्थानीय तह छन् । तीमध्ये १० ले पूर्ण लकडाउन गरेका छन् । जहदा र कटहरी गाउँपालिकाले लकडाउनको घोषणा नगरे पनि कार्यालय र गाउँपालिका अन्तर्गतका वडा कार्यालय बन्द गरेका छन् ।

मोरङका ग्रामथान, मिक्लाजुङ, बुढीगंगा, केराबारी गाउँपालिका र लेटाङ नगरपालिकाले लकडाउन घोषणा गरेका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *