अब योगदानमा आधारित पेन्सन
Published:
by .काठमाडौं । सरकारले कार्मचारी निवृत्तिभरणलाई अब पुरै योगदानमा आधारित हुने व्यवस्था लागू गर्ने तयारी गरेको छ।
अहिलेको पेन्सन व्यवस्थालाई परिवर्तन गर्दैै निजामति सेवा, स्वास्थ्य सेवा, नेपाली सैनिक सेवा, नेपाल प्रहरी सेवा, शसस्त्र प्रहरी बल नेपालको सेवा र नेपाल विशेष सेवाका कर्मचारीलाई योगदानका आधारमा पेन्सन दिने कानुन निर्माण प्रक्रिया सरकारले अघि बढाएको छ।
बर्सेनि बढ्दै गएको निवृत्तिभरण खर्च कम गर्न पेन्सन कोषको स्थापना गरी राष्ट्रसेवकका लागि आवश्यक सुरक्षा योजना सञ्चालन गर्नुपर्ने भएको भन्दै सरकारले निवृत्तिभरण कोष स्थापना गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गरेको छ। दर्ता भएको विधेयकअनुसार अब कर्मचारीको तलबबाट ६ प्रतिशत पेन्सनका लागि कट्टी गरी कोषको स्थापना गर्ने जनाएको छ।
राजधानी दैनिकबाट ।
Comments