Sajhamanch Archive

 कोरोना संक्रमित महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बुटवल । बाँकेमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका वडा नं.२ घर भएकी ७० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आइतबार दिउँसो मृत्यु भएको हो ।

निमोनियाका कारण शुक्रबार उनी अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालका उप-निर्देशक डा. दिनेश श्रेष्ठका अनुसार आइतबार दिउँसो करिब ३:१० बजेको समयमा उनको मृत्यु भएको हो । श्रेष्ठका अनुसार अस्पतालमा भर्ना हुँदा नै उनीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण शुक्रबार नै उनको स्वाब संकलन गरी परीक्षणका लागि भेरी अस्पतालमा पठाइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *