Sajhamanch Archive

प्रदेश १ मा ४० कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आइतबार ४० जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको हो ।

विराटनगरमा १० महिला र १९ पुरुष, सुनसरीको धरानमा १ महिला र २ पुरुष, ईटहरीमा १ महिला र १ पुरुष, बर्जुमा १ पुरुष, झापाको बार्‍हदशीमा १ महिला र १ पुरुष, अर्जुनधारामा २ र दमकमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २३ पुगेको छ ।

प्रदेश १ मा आइतबार ५ जना डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका ३, उदयपुर र सुनसरीका एक-एक जना डिस्चार्ज भएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *