Sajhamanch Archive

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in प्रदेश तह, समाज by .

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अहिले (बिहान) देशका अधिकांश भूभागमा समान्य देखि पूर्ण बदली रही सातवटै प्रदेशका केही स्थानमा बर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउसो प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

यस्तै आज राति बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको विभागले देशका अधिकांश स्थानमा सामान्य वदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *