Sajhamanch Archive

नेकपाका ६१ सांसदले दिए पार्टी एकताको पक्षमा दबाब

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६१ जना सांसदले पार्टी एकताको पक्षमा हस्ताक्षर गरी नेतृत्वलाई नैतिक दबाब दिने प्रयास गरेका छन् ।

दुई अध्यक्षबीचको तिक्तता र मतभेदका कारण पार्टी नै फुटको अवस्थामा पुगेको भन्दै सङ्घीय संसदका सांसदहरूले आइतबार हस्ताक्षर अभियान चलाएका हुन् ।

हस्ताक्षर गर्नेमा तीन वटै समूहका नेकपाका सांसदहरू छन् । अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले संयुक्तरुपमा पार्टी एकताको पक्षमा हस्ताक्षर गरेका छन् ।

स्रोत : गोरखापत्र दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *