कतार प्रवेश गर्नेले कोरोना रिपोर्ट नेगेटिभ भएको सर्टिफिकेट देखाउनु पर्ने
Published:
by .कतार प्रबेश गर्नेहरुले अनिवार्य रुपमा कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाण पत्र पेश गर्नु पर्ने भएको छ । अगस्ट १३ तारिखदेखि केहि देशहरुका तोकिएको विमानस्थलबाट कतार प्रबेश गर्ने कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने कतार एयरलाइन्सले जनाएको छ ।
तत्कालका लागि इराक, इरान, ब्राजिल, पाकिस्तान, बङ्गलादेश तथा श्रीलंकाबाट कतार आउने यात्रूहरुले कोरोना नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने जनाएको छ । त्यस्तै एयरलाइन्सले नेपाल, भारत नाइजेरिया र रुसमा पनि उडान सूचारु गरेपछि कतार प्रवेश गर्दा कोरोना रिपोर्ट नेगेटिभ देखाउनु जनाएको छ ।
मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट कोरोना जाँच गरि यात्रा गर्नुभन्दा ७२ घण्टाभित्र कोभिड १९ को परीक्षण गरिएको रिपोर्ट मात्र मान्य हुने एयरलाइन्सले जनाएको छ ।
Comments