Sajhamanch Archive

नेपाल प्रहरी र सशस्त्रका ५४१ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपाल प्रहरीका ३६९ र सशस्त्र प्रहरीका १७२ जना गरी ५४१ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका १४९ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका ८८ जना डिस्चार्ज भएका छन् ।

प्रहरीमा हाल २२० जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रहरी प्रधान कार्यालयकै ११६, काठमाडौं उपत्यकाका १४, प्रदेश १ का २१, प्रदेश २ का ३६, वाग्मती प्रदेशका २, गण्डकी प्रदेशका १९, प्रदेश ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन् ।

यस्तै सशस्त्र प्रहरीतर्फ ८४ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रदेश १ का ६३, प्रदेश २ का १८ र वाग्मती प्रदेशका तीनजना संक्रमित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *