Sajhamanch Archive

शिवसताक्षीको दूधेमा विश्व आदिवासी दिवस मनाइयो

Published: in विविधा, समाज by .

शिवसताक्षी । नेपाल आदिबासी जनजाति महासंघले विश्व आदिबासी दिवस मनाएको छ । शिवसताक्षीको दूधेमा नेपाल आदिवासी जनजाति महासंघ शिवसताक्षी ११ ले २६औं विश्व आदिवासी दिवस मनाएको हो ।

कार्यक्रमा ‘पहिचान सहितको संघीयता र स्वतन्त्रताका लागि संविधान संशोधनको आन्दोलन हाम्रो साझा बहस विकास तथा महामारीमा बाँच्ने र बचाउने पक्षमालाई मूल नाराका बनाउँदै पहिचान र अधिकार प्राप्त गर्नका लागि दलभन्दा माथि उठेर सबै पक्ष लाग्नु पर्ने अधिकांश बक्ताहरुले बताए ।

कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल आदिवासी जनजाति महासंघ समन्वय समिति झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले आफ्नो संस्कृति बचे मात्र पहिचान बाँच्ने भएको हुँदा सबै जातीय संघ संस्थाहरु पहिचान स्थापनाका लागि लाग्न अनुरोध गरे । कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ शिवसताक्षीका अध्यक्ष धनबहादुर राई, उपाध्यक्ष भीम बहादुर सुनुवार र आदिबासी अगुवा शिवकुमार योङया, नन्दराज योङहाङ, रतन थिङलाबो लगायतको मन्तव्य तथा आतिथ्यता रहेको थियो ।

नेपाल बहुजाती, बहुधार्मिक, बहुसाँस्कृतिक देश भएकोले यहाँका हरेक चाडपर्व, जात्रा, उत्सवहरुमा सबैको सामूहिक उपस्थिति हुने गरेकोमा यसलाई निरन्तरता दिनु पर्नेमा वक्ताहरुको एकमत रहेको थियो ।

आदिबासी जनजातिहरुले आफ्नो अधिकार र पहिचानको लागि लिम्बूहरुले चासोक तङनाम, राईहरुले उधौलीउभौली, बालाचतुर्दशी, माघे सङ्क्रान्ति, दशैं, तिहार, छठ पर्व, इद, ल्होसार लगायतका चाडबाडहरुमा सबैको सहिष्णुता रहनु पर्ने मत व्यक्त गरेका थिए ।

शिवसताक्षी ११ का अध्यक्ष निर्मला प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मदनकुमार राईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *