Sajhamanch Archive

कोरोना संक्रमित उपचार गर्न आएको खुलेपछि दमक हस्पिटल सिल

Published: in विविधा, समाज by .

दमक । झापा दमकको दमक हस्पिटल एण्ड रिसर्च सेन्टर सिल गरिएको छ ।

कोरोना भाइरस संक्रमित एक जना सशस्त्र प्रहरी हस्पिटलमा जाँच गराउन गएको खुलेपछि हस्पिटल सिल गरिएको अस्पताल स्रोतले बताएको छ ।

संक्रमित प्रहरी कोरोना परीक्षणको रिपोर्ट नआउँदै आइतबार दिउँसो हस्पिटलमा स्वास्थ्य जाच गराउन गएका थिए । ती प्रहरीको दिउँसो पोजेटिभ रिपोर्ट आएको दमक नगरपालिकाले जनाएको छ ।

गत बुधबार उनीसहित दमकबाट पठाइएका एक सय ७ जनामध्ये हिजो ४७ जनाको रिपोर्ट आएको थियो । जसमा उनको मात्र रिपोर्ट पोजेटिभ आएको हो ।साथीसँगै हस्पिटलमा ज्वरोसहित रूघाखोकी लागेको भन्दै स्वास्थ्य परीक्षण गर्न आएका खुलेपछि सावधानी स्वरुप हस्पिटल वन्द गरिएको हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेले वताए । उनले कन्ट्याक्ट ट्रेसिङ्गको रिपोर्ट नआएसम्म सम्पूर्ण सेवा बन्द गरिएको जनाएका छन् ।

नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य सचिव कुवेर भट्टराईले ३–४ दिनमा संक्रमितको सम्पर्कमा आएका र हस्पिटलमा भेट गरेकाहरुको खोजी गरी तिनीहरु सबैको परीक्षण गरिने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *