कोरोना संक्रमण समुदायमा देखिएपछि गौरादह नगरपालिका सिल
Published: (Updated: )
by .गौरादह । गौरादहमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरका ४ वटा वार्ड शिल गरिने भएको छ ।
गौरादह नगरपालिकाले आज राती १२ बजेबाट अर्को सूचना नभएसम्मका लागि वडा शिल गर्ने निर्णय गरेको हो । आज आकास्मिक बैठक बसी सर्वपक्षीय भेलाले कोरोना संक्रमण समुदायमा फैलिएको ठहर गर्दै वडा शिल गर्ने निर्णय गरेको हो ।
नगरको वडा न. ६,७ र ८ का पुरै तथा ५ का केहि भाग सहित सिल गर्ने निर्णय गरिएको नगरप्रमुख राहितकुमार शाहले जानकारी दिए ।
साउदीबाट आएर स्कुलचौन क्वारेन्टाइनमा बसेका ३ जना र सशस्त्र प्रहरी बल इलाममा कार्यरत रही गौरादह ७ घर आएका २ जनामा संक्रमण देखिएको हो ।
Comments