Sajhamanch Archive

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।

काभ्रे निवासी ती महिला साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् भने उनको आज बिहान ९ बजे मृत्यु भएको थियो । मृतकमा निमोनियका साथै छातीको समस्या देखिएको थियो भने उनको आज दिउँसो ४ बजेतिर मात्रै पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी थालेको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *