Sajhamanch Archive

मलको अभाव हुँदा झापाली किसान चिन्तित

Published: in लोकप्रिय, समाज by .

झापा । धानको सुपरजोनको जिल्ला झापामा पछिल्लो समय युरिया मलको अभाव भएको छ ।

विश्व अहिले कोभिड-१९ को अत्यन्त विषम परिस्थीतीबाट गुज्रीरहेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा नेपाल सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गतेबाट गरेको बन्दाबन्दी १२० दिनपछि श्रावण ७ गतेबाट अन्त्य भएपनि देश पुर्ण रूपमा सहज तरिकाले खुल्न नसकेको कारण युरिया मलको अभाव खड्किन थालेको छ ।

कोरोना भाइरसको प्रभावका कारण भारतसँगको नाका बन्द भएका कारण मल सहज रुपमा आयातीत हुन सकेको छैन । धान रोपाइँ सकिएसँगै झापामा युरियाको माग ह्वातै बढेको पाइन्छ । तर, मल अभाव भएकाले झापाली कृषक चिन्तित भएका छन् ।

बुद्धशान्ति गाउँपालिका वडा नं.३ का एक कृषक धान बारिमा धान गोड्नलाई तयारी गर्दै थिए । उनले भने-रोप्दा जसोतसो मल हालेर रोपे । तर, गोड्ने बेला भो मल पाईएन । गोड्ने बेला नि बिति सक्यो मल नपाएर समस्या भयो, उनले सुनाए।

उता, मेचीनगर नगरपालिका वडा नं.१२ का कृषक सरकारी अड्डा दैनिक धाउँदा पनि मल नपाएपछि झापाको दक्षिणी भेगबाट दोब्बर मूल्य लगाएर मल किन्न बाध्य भएको गुनासो पोक्छन् ।

यो समस्या बुद्धशान्ति र मेचीनगरका कृषकको मात्र होईन । पछिल्लो समय झापाको अर्जुनधारा, कन्काई तथा अन्य पालिकाका अधिकांश कृषकहरुको साझा समस्या हो । यतिबेला झापामा धानमा हाल्ने मलको अभाव भएको छ । कृषिकहरुले मल किन्न नपाउदा गोड्न लागेको धान खेतिमा मल लगाउन नपाएका हुन् ।

आधिकारिक दर्ता भएर विर्तामोडको कृषि सामाग्री कम्पनीबाट मल ल्याएर विक्री वितरण गर्द आएको बुद्धशान्तिको न्यु कन्चन कृषि सहकारीमा महिना दिन देखी यता मल खोज्नेको भिड लाग्ने गरेको छ । तर बिक्रीका लागी ल्याइने ठाँउमै मल अभाव भएकाले किसानलाई मल दिन नसकीरहेको उक्त सहकारीका अध्यक्ष इश्वरिराज ढकालले बताएका छन् ।

यतिबेला धान उत्पादनको लागि मल अति आवश्यक भएको र प्रदेश १ मात्रै नभएर देशभरि नै मल अभाव भएको बुद्धशान्ति गाउँपालिका कृषिबिकास शाखा प्रमुख कृष्ण ढुंगेलले बताएका छन् । उनले यसबारे सम्बन्धि निकायमा पहल गर्दै गरेको सुनाएका छन् ।

तर, बजारमा रासायनिक मल अभाव भएतापनी झापाका केही पालिकाहरुमा मलको कालोबजारी समेत बढेको छ । समयमा युरिया मल अभाव हुँदा कृषकले सरकारी अड्डा दैनिक धाउँदा पनि मल नपाएपछि दोब्बर सम्म मूल्य लगाएर मल किन्न बाध्य भएका छन् । कोरोना भाइरसको प्रभावका कारण भारतसँगको नाका बन्द भए पनि भारतबाट नै आयातीत मल किसानले किन्न बाध्य भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *