Sajhamanch Archive

एन्फाको साधारणसभा स्थगित

Published: in खेलकुद by .

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा स्थागित भएको छ । विश्व महामारीको रुपमा फैलिएको संक्रमणको दर झन बढ्न थालेको भन्दै एन्फाले एक विज्ञप्तीमार्फत साधारणसभा स्थगित भएको जनाएको छ ।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नै बढ्दै गएकाले हुन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै स्थगित गरेको एन्फाले जनाएको छ । एन्फा साधारणसभा यसअघि भदौ १५ गतेका लागि तय भएको थियो ।

एन्फाको विज्ञप्तीमा लेखिएको छ, ‘कोभिड- १९ को संक्रमणको दर झन बढ्न थालेको, समुदायस्तरमा नै संक्रमणको विस्तार हुन सक्ने उच्च जोखिम समेत देखिएकोले नेपाल सरकारको कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने निकायहरुबाट गोष्ठी, भेला, सम्मेलन, आवागमन जस्ता कार्यहरु गर्न निषेध गरेको परिप्रेक्ष्यमा सतर्कता अपनाउनु पर्ने अनिवार्य भएकोले मिति २०७७ भादौ १५ गते निर्धारण गरिएको एन्फाको १९औं साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगन गर्ने व्यहोरा जानकारीको लागि अनुरोध छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *