Sajhamanch Archive

चार जिल्लामा ५ सय बढी कोरोना संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । सोमबारसम्म ६ जिल्ला कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। धनकुटा, डोल्पा, हुम्ला, संखुवासभा, मुस्ताङ र मनाङ कोरोनमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार चार जिल्लामा भने कोरोनाका ५ सय बढी बिरामी रहेका छन्। काठमाडौ, महोत्वरी,पर्सा र रौतहट चार जिल्लामा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् ।

सोमबारसम्म कोरोनाका सक्रिय बिरामीको संख्या ६ हजार ७३८ पुगेको छ। जसमध्ये प्रदेश १ मा ५२९, प्रदेश २ मा ३ हजार १ सय ४४ जना, बागमती प्रदेशमा १ हजार २१० जना, गण्डकी प्रदेशमा २ सय ३३ जना, प्रदेश ५ मा ५४३ जना, कर्णाली प्रदेशमा १८४ जना र सुदूरपश्चिम प्रदेशमा ८९५ जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *