Sajhamanch Archive

ह्वाइट हाउस बाहिर चल्यो गोली, कसैलाई अस्पताल लगियो

Published: in विश्व समाचार by .

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा बोलिरहेका बेला सुरक्षाकर्मीले उनलाई कानमा केही भने र उनी पत्रकार सम्मेलनलाई बीचमै छोडेर गएका थिए । तर करिब ९ मिनेटपछि राष्ट्रपति ट्रम्प भित्रबाट बाहिर आए र पत्रकारसँग भने, ‘यस्तो लाग्छ स्थिति नियन्त्रणमा छ ।’

ट्रम्पले पत्रकारलाई अमेरिकी सिक्रेट सर्भिसका मानिसहरुले कुनै हतियारधारी संदिग्धमाथि गोली चलाएको जानकारी दिए । उनका अनुसार यो घटनापछि कसैलाई अस्पताल पुर्‍याइएको छ ।

उनले यसलाई एक असामान्य स्थिति भएको तर सिक्रेट सर्भिसका मानिसहरुले व्यावसायिक तरिकाले आफ्नो काम गरेको भन्दै तारिफ गरे । ट्रम्पले भने, ‘ह्वाइट हाउस बाहिर गोली चलेको थियो । यस्तो लाग्छ कि स्थिति पूर्ण रुपमा नियन्त्रणमा छ । तर साँच्चै नै गोली चलेको थियो र कसैलाई अस्पताल पुर्‍याएको छ । मलाई ती व्यक्तिको स्थितिबारे थाहा छैन ।’

उनले थपे, ‘कोही गलत उद्देश्यसहित आए नआएको बारे मलाई थाहा छैन, सायद योसँग मेरो कुनै लेनदेन छैन ।’ उनले भने, ‘दुनियाँ यस्तै छ, यो दुर्भाग्यपूर्ण हो । तर संसार सधैं एक खतरनाक स्थल रहेको छ । यो कुनै अचम्मको कुरा होइन ।’

उनका अनुसार उनलाई घटना पछि पत्रकार सम्मेलन भइरहेको कोठाबाट बाहिर निकालेर उनको अफिसको सुरक्षित स्थानमा पुर्याइएको थियो । उनीसहित अर्थमन्त्री र एक अधिकारीलाई त्यहाँबाट सुरक्षित स्थानमा सारिएको थियो । स्रोत स् बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *