Sajhamanch Archive

अर्जुनधारामा खुल्यो लकडाउन

Published: in लोकप्रिय, समाज, स्थानीय तह by .

अर्जुनधारा । अर्जुनधरा नगरपालिकामा गत साउन १८ गतेदेखि जारी लकडाउन सोमबार राति १२ बजेदेखि हटाइएको छ । नगरमा समुदायमा कोरोना भाइरस फैलिएको भन्दै लकडाउन गरिएको थियो ।

वडा नं. १ का एक व्यक्तिमा कोरोना भाइरस पुष्टी भएपछि कन्ट्याक टे«सिङ गर्न सहज बनाउनका लागि नगरले लकडाउन गर्ने निर्णय गरेको थियो । कन्ट्याक टे«सिङमा रिपोर्ट नेगेटिभ आएपछि लकडाउन खोल्ने नगरले निर्णय गरेको हो ।

नगरले लकडाउन खुकुलो बनाए पनि सबैले स्वास्थ्यका मापदण्ड अनुरुप सामाजिक दुरी कायम गर्दै व्यवसाय सञ्चालन गर्न नगर प्रमुख हरिकुमार रानाले अनुरोध गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *