विराटनगरमा एउटै सञ्चारमाध्यमका पाँच पत्रकारलाई कोरोना
Published:
by .विराटनगर । विराटनगरका ६ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप दुई जना पत्रकारसहित विराटनगरका २३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो परीक्षणमा स्थानीय उद्घोष दैनिकका थप दुईजना पत्रकारमा कोरोना पुष्टि भएको छ ।
योसहित उद्घोष पत्रिकाका पाँच पत्रकार र एक जना कर्मचारीमा पनि संक्रमण देखिएको छ । यसअघि संक्रमण पुष्टि भएका साप्ताहिक पत्रिका पत्रकार होम आईसोलेसनमा छन् ।
पत्रकार र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पत्रिकाको प्रकाशन बन्द भएको छ । तर, अनलाइन भने जारी नै छ । संक्रमण भएका पत्रकार आइसोलेसनमा छन् ।
Comments