Sajhamanch Archive

झापामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका युवकको मृत्यु

Published: (Updated: ) in समाज, स्वास्थ्य by .

झापा । झापाको मेची प्रदेशीक अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक युवकको आज बिहान मृत्यु भएको छ ।

झापाको कन्काई नगरपालिका वडा नं. ५ का १७ वर्षीय एक युवकको मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन डाक्टर पिताम्बर ठाकुरले जानकारी दिए ।

केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएका युवालाई सोमबार साँझ मेची अस्पताल पु¥याइएको थियो । उनमा छाती दुख्ने, रुघाखोकी र स्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ ।

मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । रिपोर्ट आउन बाँकी रहेको अस्पतालका सुपरिटेन्डेन डाक्टर ठाकुरले जानकारी दिए । रिर्पोट नआएसम्म शवलाई अलग्गै ब्यवस्थित रुपमा राखिएको छ ।

पूर्वाञ्चल दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *