Sajhamanch Archive

गायक निशान भट्टराई गरे, प्रेमिकसँग कानुनी विवाह

Published: in गीत/संगीत/मनोरञ्जन by .

काठमाण्डौ । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइले कानुनी बिबाह गरेका छन् । उनले, आज धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । प्रेमिका ऋचा न्यापानेसँग निशानले कानुनी विवाह गरेका हुन् ।

कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । पछिल्लो समयमा गायक निशान भट्टराइ नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् । उनले, स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ ।

जिल्ला अदालत धुलिखेलमा काभ्रे बार एशोसियनका पुर्व अध्यक्ष समेत रहेका अधिवक्ता रमेश हुमागाइले निशान्त र ऋचाको कानुनि बिबाह गराइदियका हुन्।

निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *