Sajhamanch Archive

सरकारले चौरजहारी घटनाका मृतकको परिवारलाई १० लाख दिने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । पश्चिम रुकुम चौरजहारीको सोतीमा गत जेठ १० गते भएको घटनामा हत्या भएकाहरुका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

मंगलबार मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थमन्त्रीसमेत रहेका सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेहरुको उपचार गर्ने निर्णय भएको जानकारी दिए ।

उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार र भेरी नगरपालिका वडानम्बर ११ का गोविन्द शाहीको हत्या भएको थियो । अन्य १२ जना घाइते भएका थिए ।

दलित समुदायका नवराजले चौरजहारीको मल्ल ठकुरी थरकी केटी लिन जाँदा घटना भएको थियो । संसदीय छानबिन समिति र विभिन्न तहबाट गठित समितिहरुले उक्त घटना जातीय र सामूहिक हत्या भएको निष्कर्ष निकालेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *