Sajhamanch Archive

अर्जुनधारा नगरपालिकाले कोरोना संक्रमितका लागि आइसोलेशन वार्ड सञ्चालन गर्ने

Published: in विविधा, स्थानीय तह by .

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि आइसोलेशन वार्ड सञ्चालन गर्ने भएको छ । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा रहेका २ जना संक्रमित व्यक्ति आइसोलेशन वार्डमा बेड अभाव भएपछि तीन दिनसम्म क्वारेन्टाइनमै राख्नु परेको थियो ।

नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको मंगलबार बसेको बैठकले नगरमै आइसोलेशन वार्ड सञ्चालन गर्ने निर्णय गरेको कमिटीका संयोजक तथा नगर प्रमुख हरिकुमार रानाले जानकारी बताए ।

उनका अनुसार अर्जुनधारा वडा नम्बर ४ मा रहेको अर्जुनधारा स्वास्थ्य चौकीको भवनमा सञ्चालन गर्ने नगरले तयारी थालेको छ । सरकारको आइसोलेशनसम्बन्धी स्वास्थ्य मापदण्ड २०७७ बमोजिम सञ्चालन हुने भएको छ ।

सुरक्षा निकायका प्रमुख, स्वास्थ्य निकायका प्रमुखसहितको बैठकले नगरमा आइसोलेशन वार्ड सञ्चालनसँगै स्वास्थ्य मापदण्ड २०७७ को परिच्छेद २ अनुरुप होम आइसोलेशन पनि सञ्चालन गर्ने निर्णय भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *