Sajhamanch Archive

आईसीयूमा उपचाररत संक्रमित कुन प्रदेशमा कति ?

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार पछिल्लो चौबीस घण्टामा आईसीयू र भेन्टिलेटरमा ८८ संक्रमित उपचाररत छन् । जसमध्ये ८५ संक्रमितको आईसीयूमा र तीनजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रदेश १ मा एकजना, प्रदेश २ मा ४३ जना, वाग्मती प्रदेशमा ३५ जनाको आईसीयू र तीनजनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, प्रदेश ५ मा ६ संक्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशमा आईसीयू र भेन्टिलेटरमा संक्रमित नरहेको समेत मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *